Follow us: Youtube Android App
२०१ रनको लक्ष्य पछ्याएको दिल्लीले शून्य रनमै तीन विकेट गुमायो
२१ कात्तिक २०७७

यूएई : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले शून्य रनमै तीन विकेट गुमाएको छ ।


पहिलो ओभरमा मेडन दुई विकेट गुमाएको दिल्लीले दोस्रो ओभरको दोस्रो बलमा तेस्रो विकेट गुमाएको हो । दिल्लीका ओपनर पृथ्वी शा, शिखर धवन र अजिन्का रहाणे शून्य रनमा आउट भएका हुन् । पृथ्वी र शिखरले दुईदुई बल खेले भने रहाणेले तीन बल खेले । तर, तीनैजना ब्याट्सम्यान बिना रन आउट भए । तेस्रो ओभरको पाँचौ बलमा दिल्लीका कप्तान श्रेयस ऐर आउट भए ...

समाचार स्रोत :