संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारासहित प्रदर्शन हुन थालेका छन्, अर्थ के हुन्छ ?
इतिहासमा जहिलेसुकै पनि क्रान्तिपछि जो प्रतिक्रान्ति शक्ति हुन्छन् तिनीहरूको संख्या थोरै मात्रामा जीवितै हुन्छ । र, तिनीहरू फर्किएर आफ्नै पुरानो दिशातिर समाजलाई डोहो¥याउने प्रयत्न गर्छन् । यो इतिहासको नियम नै हो । संसारमा जहाँ पनि ठूला क्रान्ति भए, बेलायतको क्रान्तिदेखि फ्रान्स र अमेरिका हुँदै रुस, चीन सबैतिर केही समय, केही दशकसम्म यस्ता प्रतिगामी र प्रतिक्रान्तिकारी शक्तिहरूले त्यो प्रयत्न गरेका छन् ...