दार्चुला (छाङरु) : लिम्पियाधुरा, कालापानी र लिपुलेकको नक्सा प्रकरणपछि सरकारले छाङरु र तिंकर गाउँमा उपस्थिति बढाएको छ ।
भारतको कब्जामा रहेका भूमिलाई नक्सामा समावेश गरेसँगै छाङरुमा सुरुमा सशस्त्र प्रहरी बलको बीओपी र पछि गुल्म नै राख्यो। नेपाल प्रहरीको उपस्थिति पनि बढायो। संख्यात्मक रुपमा उपस्थिति बढाए पनि यहाँ उनीहरुका लागि सेवा सुविधा भने एकदमै न्यून छ। सवारी साधनदेखि हतियारसम्म पुरानै प्रविधिमा काम चलाइरहेका छन् खटिएका सुरक्षाकर्मीले ...