काठमाडौं : चीनले नेपालसँगको सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई प्रभाव नपर्ने स्पष्ट परेको छ । चिनियाँ विदेश मत्रालयका प्रवक्ता हुवा चुनइङले यस्तो बताएकी हुन् ।
बुधवार चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, 'हाम्रो सम्बन्धले अन्य तेस्रो पक्षलाई प्रभाव पार्ने छैन।' भारतीय मिडिया प्रसार भारतीका तर्फबाट प्रवक्तालाई चीनका स्टेट काउन्सिलर वेइ फङ्हले हालै नेपाल भ्रमण गरेको विषयमा प्रश्न सोधिएको थियो। प्रसार भारती भारतको सरकारी प्रसारण माध्यम दुरदर्शन, अल इन्डिया रेडियो सहितको छाता माध्यम हो ...