काठमाडौँ । जनता समाजवादी पार्टीको समायोजन प्रकृया शुरु भएसँगै पार्टीमा विवाद शुरु भएको छ । प्रदेशहरुमा पार्टीको समायोजन प्रकृया शुरु भएर पूर्णता नपाउँदै विभिन्न ठाउँमा विवाद उत्पन्न भएको हो ।
तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाख १० गते एकीकरण भएको थियो । तर, एकीकरण भएसँगै नेतृत्वको लागि अन्तरिक विवाद शुरु भएको थियो । त्यो विवाद मिलाउन झण्डै चार महिना लाग्यो । नेतृत्व र केन्द्रीय कमिटीको विवाद समाधान भएपछि प्रदेश, जिल्ला, स्थानीय तहलगायतमा समायोजनको प्रकृया शुरु भएको छ । पार्टीको कार्यकारिणी समितिले निर्देशिका तयार गरी पार्टीको समायोजन शुरु गरेको छ ...