नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ । मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ । अर्थात बिहीबारसम्म कुल २ लाख ३७ हजार ५८९ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २० हजार २७२ जना निको भएका छन् । यस्तै हालसम्म १५५१ जनाले ज्यान गुमाएका छन् ...