Follow us: Youtube Android App
ओलीलाई अष्टलक्ष्मीको प्रश्न– बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको ?
१९ मंसिर २०७७

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् ।


समस्याको निकास पनि त्यसैले दिने उनको भनाइ छ । शुक्रबार राजधानीको थापाथली क्याम्पसमा युवा–विद्यार्थीले गरेको भेलमा प्रमुख वक्ताको रूपमा उपस्थित भएकी उनले सञ्चारकर्मी सामु प्रधानमन्त्री ओलीको बहस, छलफलप्रति रुचि घट्दै गएको बताइन् । “प्रधानमन्त्री ओलीले बैठक पेस भएको प्रस्तावमाथि छलफल नै गनुहुन्न । म बैठकमा भाग नै लिन्न भन्ने हो भने लिखित प्रत्युत्तर किन बुझाएको ?,” शाक्यको प्रश्न थियो ...

समाचार स्रोत :