पोखरा : पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा कास्की जिल्ला प्रदेश च्याम्पियन बनेको छ ।
लिग अन्तर्गतका तीनवटै खेलमा जित निकाल्दै ६ अंकका साथ कास्की च्याम्पियन बनेको हो। पोखरा क्रिकेट मैदानमा बुधबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ८६ रनको सानदार जित निकालेको छ। टस हारेर ब्याटिङ गर्ने अवसर पाएको कास्कीले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । कास्कीका अर्जुन कुमालले ७७ रन बनाए। १ सय २७ बलको सामना गरेका उनले १० चौका प्रहार गरे। सुवास भण्डारीले ३४ रनको योगदान दिए ...