चेल्सीलाई हराउँदै आर्सनलले प्रिमियर लिगमा सात खेलको आफ्नो जीतविहीन यात्रामा पूर्णविराम लगाएको छ । गत नोभेम्बर १ यता लिगमा आर्सनलको यो पहिलो जीत हो ।
शनिबार भएको खेलमा आर्सनल ३–१ गोलले विजयी बन्यो । खेलको ३४ औँ मिनेटमा अलेक्सान्डर लाकाजेटले पेनाल्टीमार्फत् आर्सनललाई अग्रता दिलाए भने १० मिनेटपछि ग्रानिट जाकाले फ्रिकिकमार्फत् गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा बुकायो साकाले तेस्रो गोल थप्दै चेल्सीको पहुँचबाट खेललाई टाढा पुर्याए ...