Follow us: Youtube Android App
‘पावर न्युज म्युजिक अवार्ड’ सम्पन्न
१२ पुष २०७७

काठमाडौं : पावर इन्टरनेसनल मिडियाको प्रस्तुति रहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ‘नेसनल पावर न्युज म्युजिक अवार्ड’ शनिबार सम्पन्न भएको छ ।


नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो यो तेस्रो संस्करणको कार्यक्रम हो। सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जम्मा ५२ विधामा ७१ वटा अवार्ड वितरण गरिएको थियो।
अवार्ड पाउनेमा प्रेमध्वज प्रधान, मोहन निरौला, कलेन्द्र विक, वसन्त थापा, यम बराल, देवी घर्ती, अर्जुन पोखरेल, सनम कठायत, चक्र बम, सानुबाबु महर्जन, केञ्जुमा सुब्बा, राजकुमार बगर, टीका बम्जनलगायतका कलाकारहरू छन्। नेपालीबाहेक १३ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतलाई उक्त समारोहमा अवार्ड प्रदान गरिएको पिम नेपालका अध्यक्ष माधवराज खरेलले बताए।
त्यसैगरी यस वर्षको नेसनल पत्रकारिता पुरस्कार रातोपाटीकर्मी कुबेर गिरीलाई प्रदान गरियो भने रजत सम्मानबाट गायक सीताराम पोखरेल सम्मानित भए। अन्य सम्मानित हुनेहरूमा पत्रकार नवराज बजगाईं (काभ्रे), शिव देवकोटा (नुवाकोट), सुजन विश्वकर्मा (पोखरा) रहेका छन्। यसका साथै गीतकार डब्बु क्षेत्रीलाई कला सम्मान, भिडियो निर्देशक बबिता बस्नेतलाई कला सम्मान र गायक शशीबिक्रम थापालाई प्रतिभा सम्मान प्रदान गरियो।
अवार्ड विजेता भाषाभाषीका गीत
लिम्बु भाषा  (पलाम मिमजिफुङ : मनु नेम्वाङ)
सुनुवार भाषा  (तामे चेम मरे : पुष्कर सुनुवार)    
राई भाषा (कि बाँकी टुङ्टुङ : निष्ठा राई )
भोजपुरी भाषा  (बन गैल तु हमर जान: नरहरि प्रेमी)    
मैथिली भाषा  (जंगलके रानी : झोटन मेहता)    
सतार भाषा  (कुक्मु: देवान टुडु)
तामाङ सेलो (फनफनी घुमेका : टीका बम्जन)
डेउडा भाका पपुलर (डोटीको बैकान : चक्र बम)
डेउडा भाका गीत (फूलबुट्टा : चक्रबहादुर साउद)    
तामाङ भाषा (ल्होसार मेला : आरबी लामा)
नेपाल भाषा  (ह्यामी पहल : सरिता शाही )
थारू भाषा  (छैली तोहर लेहेङ्गा : सागर डङ्गौरा)

अवार्ड विजेता भाषाभाषीका भिडियो
थारू भाषा भिडियो (छैली तोहर लेहेङ्गा : साहिल चौधरी)    
नेपाल भाषा भिडियो (नकतिनी होव.गु : आराध्यलक्ष्मी खड्गी)    
तामाङ भाषा भिडियो (होसार मेला : हेरुका लामा )
डेउडा भाषा भिडियो (भुक्तोलीका राम : भीम थापा )
सतार भाषा भिडियो (कलम : रञ्जित बेसारा)
लिम्बू भाषा भिडियो (पालम : सागर सुब्बा)
काँठे भाका भिडियो (मोही खाउँला बोड्कैमा) : सुलेमान शंकर ‘ईकु’)

समाचार स्रोत :