Follow us: Youtube Android App
प्रचण्डलाई ओलीको जवाफ : राम जन्मेको प्रमाण खोजेर बडा गाह्रो प्रश्न गर्नुभयो
१ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मेको प्रमाण खोज्नेलाई अब को सुडाइसुडेनी खोज्न जाऔँ ? भनेर प्रश्न गरेका छन् ।

शनिबार बुटवलमा लुम्बिनी केवलकार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘अस्ति एकजना मान्छेले भाषण गर्दाखेरि भन्नुभयो, केपी ओलीले राम जन्मभूमिमा राम र सीताको मन्दिर बनाउने, त्यहाँ प्रतिमा बनाउने भन्ने सुन्दैछु । तर त्यो भन्दा अगाडि प्रमाणित गर्नुपर्यो नि राम त्यहीँ जन्मेका थिए भनेर’, ओलीले प्रचण्डको नाम उच्चारण नगरी भने, ‘अब म त्यसबेलाका सुडाइसुडेनी खोजेर ल्याउ कि ? के-के खोजेर ल्याउ ? अँ, हो कौशल्याले राम जन्माउँदा मै सुडेनी थिएँ भनेर भन्ने को फेला पर्ला ?बडा गाह्रो प्रश्न उहाँले राख्नुभयो ।’ ...

समाचार स्रोत :