सन्धिखर्क: राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रदर्शन गरेको आरोप लगाएका छन् ।
शनिबार बुटवलमा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले शक्ति प्रदर्शन गरिरहँदा अर्घाखाँचीबाट नेता केसीले बुटवलको कार्यक्रमलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिता भन्दा पनि सत्ता र स्वार्थमा लागेको आरोप लगाए । राष्ट्रिय जनमोर्चा अर्घाखाँची र प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केसीले यस्तो बताएका हुन् ...