Follow us: Youtube Android App
युवकलाई अपहरण गरी १० लाख फिरौती मागेको आरोपमा तीन जना पक्राउ
१६ फागुन २०७७

मोरङ — विराटनगर महानगरपालिकामा एक युवकलाई अपहरण गरी परिवारजनसँग १० लाख फिरौती माग्ने तीन जनालाई आइतबार जिल्ला प्रहरी मोरङले गरेको छ । विराटनगरस्थित दरैयाका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र विराटनगर ६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्मालाई पक्राउ गरिएको हो ।

विराटनगर १८ खोक्साका २३ वर्षीय शुभाष कामतलाई उनीहरुले शनिबार दिउँसो १:३० बजे अपहरण गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । ‘कामत कामविशेषले दरैयातिर गएको समयमा उनकै मोटरसाइकलमा पण्डित र यादवले अपहरण गरेर सन्ध्याको घरमा लगेर राखेका थिए,’ उनले भने, ‘अपहरितका भाइ विकास कामतले जानकारी गराएपछि तत्काल खोजतलास गरी विराटनगर ६ रामपुरस्थित सन्ध्या र दीपक शर्माको घरबाट शुभाषको उद्धार गर्‍यौं ।’

अपहरणकारीहरुले परिवारजनसँग १० लाख फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । पक्राउ परेका तीन जनालाई अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान भइरहेको राईले बताए ...

समाचार स्रोत :