Follow us: Youtube Android App
मध्य गाउँमा कोइला कारखाना
२२ चैत्र २०७७

काँकडभिट्टा l मेचीनगर–१० गोलबारीकी प्रमिला खड्काले दिनमा पाँच–सात पटकसम्म कुचोले घर बढार्नुपर्छ । तर पनि छिनमै घर धुलाम्मे भइहाल्छ ।

भान्सादेखि बिछ्यौनासम्म पत्थर कोइलाको धूलोले ढपक्कै ढाक्छ । ‘अहिले बढारेर बसेको, फेरि उस्तै भयो,’ कोइलाको कालो धूलो हातले सोहोर्दै प्रमिलाले सुनाइन्, ‘प्रदूषण बढेको भनेर सरकारले स्कुल बिदा दिन्छ, हामी वर्षौंदेखि घरमै प्रदूषण भोगिरहेका छौं ।’ कारखानाबाट करिब ५० मिटर दूरीमा रहेको यही घरले गाउँमा सबैभन्दा बढी प्रदूषणको मार खेप्नुपरेको छ ।

पूर्व–पश्चिम राजमार्गको धुलाबारी–चारआली सडक खण्डमा ढाट भन्ने ठाउँ छ । यही ढाट उत्तर सडकसँगै सटेको छ, कनिष्का धर्मकाँटा । धर्मकाँटाको काम भारतबाट आएका मालवाहक गाडीलाई सशुल्क नापजाँच गर्नु हो । धर्मकाँटाभन्दा अझै उत्तरमा छ, पत्थर कोइलाको ठूलो डिपो र प्रशोधन कारखाना । यो कारखाना धर्मकाँटाकै नामबाट सञ्चालित छ । जब कारखानाको मेसिन चल्न थाल्छ, तब मेसिनबाट निस्किने धूवाँ र कोइलाका ससाना कणलाई हावाले स्थानीय बासिन्दाका घरघर पुर्‍याउँछ ...

समाचार स्रोत :