Follow us: Youtube Android App
बाघको आक्रमणमा मारिए गैंडा गणक
२३ चैत्र २०७७

बर्दिया l गैंडा गणनामा खटिएका एक कर्मचारी आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा बाघको आक्रमणमा परी मारिएका छन् । ठाकुरबाबा–९ का ३१ वर्षीय हात्तीसारका पछुवा पुलिसराम थारूको मृत्यु भएको हो ।

उनी बिहान ६ देखि १२ बजेसम्म बर्दिया राष्ट्रिय निकुञ्जको गैंडा मचानतर्फ सहकर्मी अन्जय चौधरीसँगै हात्ती चढेर गैंडा गणनामा संलग्न थिए । दिउँसो निकुञ्ज मुख्यालय नजिकको हात्तीसारमा खाना खाएर दुवै पुनः वनभित्र पसेका थिए । गर्मी निकै भएका कारण चौधरी हात्तीलाई नुहाउन खोलामा पसे । पुलिसराम केही पर गैंडा मचान क्षेत्रमा उक्त हात्तीका लागि घाँस काट्न थाले । त्यही बेला उनलाई एक्कासि बाघले आक्रमण गरेको हो । सहायक संरक्षण अधिकृत असिम थापाका अनुसार साँझ करिब ५ बजे घटना भएको हो ।

बाघ र पुलिसराम कराएको सुनेर चौधरी घटनास्थल पुगे । बाघले पुलिसरामलाई लतारेर कुदायो । एक्लै परेका चौधरी आत्तिए । रूख चढेर मोबाइलको नेटवर्क खोजे । निकुञ्ज मुख्यालयदेखि ७ किलोमिटर उत्तर–पश्चिममा पर्ने घटनास्थलबाट उनले नेटवर्क टिपेपछि फोन गरे । ‘चौधरीको फोन आएपछि निकुञ्जको टोली र सेना तत्काल घटनास्थल पुगेर पुलिसरामको शव खोजी गरेको हो,’ सहायक संरक्षण अधिकृत थापाले भने, ‘शव बेलुकी ८ बजे भेटियो, निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याइएको छ । हामी कसैले सोच्दै नसोचेको घटना भयो, सबै स्तब्ध छौं ...

समाचार स्रोत :