Follow us: Youtube Android App
पानी ट्यांकी फुटेर बझाङमा दुईजनाको मृत्यु
२४ चैत्र २०७७

बझाङ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा पानी ट्यांकी फुटेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवर र ४८ वर्षीया सुन्दरीदेवी कुँवर रहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको ट्यांकीमा सोमबार पानी जम्मा गर्ने क्रममा फुटेको प्रहरीले जनाएको छ । पानी ट्यांकी फुटर घाइते भएकी सुन्दरीदेवीको अमिशा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा पानी ल्याइएको थियो । पानी ट्यांकी चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्यांकीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्यांकी फुटेर उक्त घटना भएको स्थानीय गोपाल कुँवरले बताए...

समाचार स्रोत :