Follow us: Youtube Android App
बसभित्रै महिलाको बलात्कारपछि हत्या : चारजना सडक बालबालिका पक्राउ
२५ चैत्र २०७७

आइतबार काभ्रेमा बसभित्रै मृत भेटिएकी महिलाको हत्या सडक बालबालिकाले गरेको आशंका गरिएको छ। बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २४२७ नम्बरको बसभित्र अन्दाजी ३५–४० वर्षीया महिला मृत फेला परेकी थिइन्।

उनको बलात्कारपछि हत्या भएको र घटनामा सडक बालबालिकाको संलग्नता देखिएको काभ्रे प्रहरीले जनाएको छ। घटनास्थलको फरेन्सिक एक्पोर्टसहितको प्राविधिक टोलिले अनुसन्धान गरेको थियो।

घटनामा तीनजना बालक र एक बालिकाको संलग्नता देखिएको भन्दै चार जनालाई पक्राउ गरिएको छ। सोधपुछका क्रममा उनीहरुले मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने क्रममा बिबाद भएपछि घटना लुकाउनका लागि हत्या गरेको बताएको काभ्रेका प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले बताए ...

समाचार स्रोत :