Follow us: Youtube Android App
रावल अपहरण काण्ड: प्रहरीमाथि नै अनुसन्धान गर्न छानबिन समिति गठन
१२ असोज २०७८

भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।

रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले एसएसपी चक्रबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ । समितिमा एसपी कृष्ण कोइराला, डीएसपी रविन कार्की, इन्सपेक्टर ईश्वर कार्की र सई घनश्याम उप्रेती रहनुभएको छ ...

समाचार स्रोत :