Follow us: Youtube Android App
कसरी बेपत्ता भइन् निर्मला कुर्मी ? यस्तो छ १२ वर्षदेखिको अन्यायको यथार्थ
१ कात्तिक २०७८

काठमाडौँ — बाँकेका महिला अधिकारकर्मी र आफन्तले ५१ दिनदेखि संघर्ष गरिरहेका छन्, नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि । नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला कुर्मी अहिले जीवितै छिन् वा मृत्यु भइसक्यो कुनै ठेगान छैन । उनको भारतमा मृत्यु भइसकेको खबर गाउँमा फैलिएको छ । तर, शव कसैले देखेको छैन । प्रहरी पनि उनको मृत्यु भइसकेको दाबी गर्छ । अधिरकारकर्मीहरु भने उनको मृत्यु होइन, अपहरण र शरीर बन्धक गरी हत्या गरिएको दाबी गरिरहेका छन् ।

महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा अधिकारकर्मीले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा ८ जनालाई किटानीसहित १२ जनाविरुद्ध १६ मंसिर, ०७७ मै जाहेरी दर्ता गराएका थिए । तर, ९ महिना बित्दा पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेन, न त कुनै अनुसन्धान र प्रमाण संकलनको प्रयास नै गरेको छ ।

‘पहिले प्रहरीले जाहेरी दर्ता गर्न नै मानेन, हामीले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएका थियौँ,’ मञ्चकी सदस्य सकिना तेलीले भनिन्, ‘अहिलेसम्म न उनीहरू पक्राउ परेका छन्, न कुनै अनुसन्धान भएको छ । उल्टै निर्मलालाई न्याय देऊ भन्ने हामीहरू असुरक्षित बनेका छौँ ।’ उनीहरूले निर्मलाको विषयमा गहन अनुसन्धान गरी दोषीहरूलाई कारबाही र सो प्रकरणमा अपराधीको सहयोगी बनेको प्रहरी नेतृत्वलाईसमेत कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलित छन् ...

समाचार स्रोत :