Follow us: Youtube Android App
प्रहरी आएको थाहा पाउन जुवाडेको घरमा सिसी क्यामेरा
२८ कात्तिक २०७८

पोखरा : कार्यालय र व्यापारिक भवनमा सिसी क्यामेराको निगरानी सामान्य हुन थालिसक्यो। अलि ठूलाबडाले चाहिँ घरमै पनि सिसी क्यामेरा राख्न थालेका छन्। बाहिरफेरबाट आफ्नो घरमा को आउँदैछ भन्ने थाहा पाउन चाहनेलाई सिसी क्यामेरा काम लाग्दो प्रविधि हो। चापापानीको एउटा घरमा त्यस्तै सिसी क्यामेरा छ, जसका घरधनीलाई अरुलाई भन्दा बढी चासो आफ्नो घरभित्र कोही आइहाल्छ कि भन्ने हुँदो रहेछ।

नवीन गौचनले घरमा जडान गरेको सिसी क्यामेराको खास निगरानीमा चाहिँ प्रहरी थियो। किनभने घरमा जुवातास खेल्ने खेलाउने उनी प्रहरी आइहालेको खबर पहिल्यै पाएर सुरक्षित हुन चाहन्थे। र, सिसी क्यामेराले खिचेका दृश्य देखिने टेलिभिजन सेट तास खेल्ने टेबलमै जडान गरेका पनि थिए। तर हुने हार दैव नटार उनले सोचेजस्तो भएन, उनको घर शनिबार राति (बिहान) २ बजे प्रहरीले घेरिहाल्यो। जसै प्रहरी पुग्यो, घरको गेट, ढोका खोल्नभन्दा तास, पैसा र जुवाडे लुकाउन लागि हाले...

समाचार स्रोत :