Follow us: Youtube Android App
मुगुको गमगढीमा भीषण आगलागी, १७ घर जले
३० कात्तिक २०७८

गमगढी, मुगु — जिल्लास्थित गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागीबाट १७ वटा घर जलेर पूर्णरुपमा खरानी भएको प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताए ।

सोही आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर खरानी बनेको उनको भनाई छ । राति १२ बजे ठिल्ले तामाङको घरबाट सल्किएको आगो ५ बजेसम्म ८० प्रतिशत नियन्त्रणमा आएको अझै आगो निभाउन नसकिएको भएको प्रहरी नायब उपरीक्षकको भनाई छ ।

आगो नियन्त्रण गर्न स्थानीय, जनपथ प्रहरी सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी रेडक्रसकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी गराए ...

समाचार स्रोत :