Follow us: Youtube Android App
स्थानीय निकायमा भ्रष्टाचारको मुद्दा बढी : प्रतिवेदन
३० कात्तिक २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा बढी भ्रष्टाचारको मुद्दा स्थानीय निकायमा पर्ने गरेको स्पष्ट पारेको छ । आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको प्रतिवेदनमा आयोगमा दर्ता भएको मुद्दामध्ये ३२ प्रतिशत स्थानीय निकायमा गडबढी भएको सम्बन्धमा रहेको उल्लेख छ ।

गत आर्थिक वर्षमा आयोगमा परेको १४ हजार ४ सय २५ र आर्थिक वर्ष २०७६–७७ बाट जिम्मेवारी सरेर आएको ८ हजार २ सय गरी जम्मा २२ हजार ६ सय २५ मुद्दा दायर भएकोमा ३२ प्रतिशत शिक्षा (स्थानीय तहसमेत), १५ दशमलव ६१ प्रतिशत भूमि, ९ दशमलव ९ प्रतिशत प्रशासन, वन तथा वातावरण ५ प्रतिशत र स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ३ दशमलव ९३ प्रतिशत मुद्दा रहेको छ ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातको ३ दशमलव ७६ प्रतिशत, गृह प्रशासन ३ दशमलव ४७ प्रतिशत, ऊर्जा जलस्रोत तथा सिँचाइ ३ दशमल ९ प्रतिशत, अर्थ २ दशमलव ९ प्रतिशत, नक्कली शैक्षिक प्रमाणपत्र ५ दशमलव ६१ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन ३ दशमलव ३८ प्रतिशत र अन्य मुद्दा १२ दशमलव रहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ...

समाचार स्रोत :