Follow us: Youtube Android App
१४२ जातजाति, १२४ मातृभाषा
२० जेठ २०८०

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ ले जातजाति र भाषाको तथ्यांक सार्वजनिक गरेको छ। यो तथ्यांकले नेपालमा १ सय ४२ जातजाति रहेको देखाएको छ। २०६८ सालको जनगणनाअनुसार १ सय २५ जातजाति थिए। यो जनगणनामा १७ जातजाति थपिएका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार रानाथारू, भूमिहार, वनकरिया, सुरेल, चुम्बा/नुब्री, फ्रि, मुगल/मुगुम, पुन, रौनियार, बनियाँ, गोंध/गोण्ड, कर्मारोङ, खटिक, बेलदार, चै/खुलौट, डोन, केवरट जातजाति थपिएका छन्। २०७८ को जनगणनाअनुसार मातृभाषाको संख्या १ सय २४ भएको छ। अघिल्लो जनगणनामा १ सय २३ मातृभाषा थिए।

२०६८ जनगणनाअनुसारको कुल १ सय २३ मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून भएकोले अन्य भाषामा समावेश गरिएको छ भने नयाँ थप भएका १३ समेत गरी मातृभाषाको संख्या १ सय २४ कायम भएको छ। थपिएका मातृभाषमा भोटे, लोवा, चुम/नुब्री, नर–फू, रानाथारू, कर्मरोङ, मुगाली, टिछोरङ पोइके, साध्री, दोन, मुण्डा/मुण्डियारी, केवरट छन्। यो जनगणनाले १० वटा धर्म कायम गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले २०७९ चैत १० गते नेपालको जनसंख्या सार्वजनिक गरेको थिए ...

समाचार स्रोत :