Follow us: Youtube Android App
मधेसमा महिला र बालिका बढी असुरक्षित
२७ जेठ २०८०

वीरगन्ज : मधेस प्रदेशमा पछिल्लो समय मानवअधिकार हनन् एवं ज्यादतीका घटनामा बढोत्तरी भएको पाइएको छ। त्यसमा पनि महिला तथा बालिकाविरुद्धका घटना झन् बढी भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांकले देखाएको छ।


इन्सेकका अनुसार मधेस प्रदेशमा सन् २०२३ को जनवरीदेखि मार्चसम्म तीन महिनाको अवधिमा मानवअधिकार हनन् एवं ज्यादतीका कुल १ सय १४ वटा घटना भएका छन्। वीरगन्जमा बिहीबार इन्सेकले आयोजना गरेको छलफल कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकमा तीन महिनाको अवधिमा मधेस प्रदेशमा हत्या, बलात्कार, बलात्कारको प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, महिला हिंसालगायतका गरी मानवअधिकार हनन् एवं ज्यादतीका ११४ वटा घटना भएको उल्लेख छ।


गत जनवरीदेखि मार्चसम्मको अवधिमा भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका १ सय १४ घटनामध्ये सबैभन्दा बढी महिला र बालिकाविरुद्धका घटना भएको इन्सेकले जनाएको छ। इन्सेकका अनुसार यस अवधिमा भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामध्ये महिला तथा बालिका विरुद्धका घटना ६२ वटा छन्। यो अवधिमा महिला तथा बालिका गरि १८ जना बलात्कृत भएका छन्। यस्तै बलात्कार प्रयासबाट ८ जना महिला र बालिका पीडित भएका छन् भने यस्तै यौन दुव्र्यवहारका ४ वटा र घरेलु हिंसाका २४ वटा घटना भएको इन्सेकले जनाएको छ ...

समाचार स्रोत :