Follow us: Youtube Android App
गाउँका सिंहदरबारको खाना–खाजामै करोडौं खर्च
२७ जेठ २०८०

दैलेख : गाउँ–गाउँसम्म विकास र सरकारी पुगोस् भन्ने उद्देश्यले नै संघीयता कार्यान्वयनमा आयो। नागरिकले घरआँगनमै सरकारी सेवासुविधा पाउने आशा पनि गरे। तर, अहिले तिनै गाउँका सिंहदरबारमा फजुल खर्च बढेको छ। नागरिकको सेवामा भन्दा अन्यत्र खर्च उच्च छ। यसको एउटा उदाहरण हो दैलेखका गाउँपालिकाले खाना खाजामा गरेको फजुल खर्च विवरण। यहाँ उक्त शीर्षकमा नै लाखौं रकम सकिएको छ। जसलाई महालेखाले पनि प्रश्न उठाएको छ।  

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार व्ययको बजेट अनुमान तथा आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ। तर, यहाँका स्थानीय तहहरूले मनपरी खर्च गरिरहेका छन्।

जिल्लाको नौमुले गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा खाना, खाजा तथा विविधतर्फ मात्रै १ करोड ७६ लाख ५६ हजार ९ सय आठ रुपैयाँ खर्च गरेको छ। महालेखापरीक्षकको पाँचांै वार्षिक प्रतिवेदन २०७९ मा गाउँपालिकाले खाना, खाजा तथा विविधतर्फ मात्रै उक्त रकम खर्च गरेको उल्लेख छ। ‘यस्ता खर्च मापदण्ड निर्धारण गरी मितव्ययी तरिकाले खर्च गर्नुपर्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ...

समाचार स्रोत :