खजुरा (बाँके) : बाँके, बर्दिया र दाङ जिल्लामा कपासको राम्रो उत्पादन हुन्छ। कृषकले व्यावसायिक खेती पनि गरेका छन्। आम्दानी राम्रो हुँदा विकल्प खोज्नु परेको थिएन। २०४७ देखि २०५२ सालमा ४ हजार हेक्टरमा ३ हजार ५ मेट्रिकटनसम्म कपास उत्पादन भएको र १० हजार किसान कपास खेती संलग्न भएको उत्साहजनक तथ्यांक पनि भेटिन्छ।
यसलाई नै मध्यनजर राख्दै कपास उत्पादन, प्रशोधन तथा अनुशान्धान गर्ने लक्ष्यका साथ ४ दशक अगाडि कपास विकास समिति पनि स्थापना भयो। यसले कृषकमा झनै उत्साह थप्यो। उत्पादनले बजार र राम्रो मूल्य पायो। तर, अहिले आएर सरकारले यो समिति नै खारेर गरेपछि कृषकमा निरासा थपिएको छ। चलिरहेको उद्योग सक्ने खेल सुरु भएको छ।
संरक्षण गर्दै उत्पादन बढाउनेतिर लाग्नु पर्नेमा आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत कपास विकास समिति खारेज गरिएको हो। चलिरहेको समितिलाई एक्कासि खारेज गर्ने निर्णयले हजारौं कपास किसान परिवार अन्योलमा छन् ...