Follow us: Youtube Android App
पानीसँगै झर्‍यो हर्कको आँसु
३१ जेठ २०८०

सुनसरी — स्थानीय चुनावमा खानेपानीको एक सूत्रीय एजेन्डा बनाएर उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका थिए धरान–१८ बुद्धचोकका हर्कराज राई साम्पाङ । जितपछि उनले पहिलो चरणमा साना–साना खोलाखोल्सी छान मार्दै ६ महिना बिताए ।

पहिलो चरणमा उनले पहिचान गरेका ससाना मुहानहरू जब हिउँदमा सुकेर कमिला कुद्न थाले, उनी हानिए कोकाहा खोलातिर । कोकाहा धरान–२० विष्णुपादुकामा पर्छ ।

महाभारत पर्वत शृंखलाबाट निस्कने कोकाहा खोला बराहक्षेत्र मन्दिरनजिकै सप्तकोशी नदीमा मिसिन्छ । सुक्खायाममा पानीको संकट व्यहोर्ने धरानवासीका लागि कोकाहाको पानी ल्याउन उनले अभियान चलाएपछि स्वदेश र विदेश बस्नेले आर्थिक सहयोग गरे, पाइप नै किनेर दिन थालेपछि खानेपानीमा श्रम अभियानले पनि उत्कर्ष लियो ...

समाचार स्रोत :