विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकालको ८ महिना सकिन लागेको छ । यस अवधिमा प्रदेश सांसदहरुलाई तलबभत्ताको नाममा साढे ५ करोड रुपैयाँ सकिएको छ ।
तथ्याङ्क अनुसार पुस १७ देखि अहिलेसम्ममा प्रदेशसभाको २४ वटा बैठक बसेको छ । आठ महिनामा पूरा हुँदा जम्मा २४ वटा बैठकमा ४३ घण्टा १५ मिनेट समय खपत भएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा १३ वटा बैठक चलेको थियो । दोस्रो अधिवेशनमा ६ वटा र तेस्रो अधिवेशनमा जम्मा ५ वटामात्रै बैठक बसेको छ । तर, प्रदेशसभा सदस्यहरुका लागि ८ महिनामा प्रतिसांसद झण्डै ६ लाख रुपैयाँ लगानी भएको छ ...