Follow us: Youtube Android App
Somersby Nepal
कुन जिल्लाको आउला सबभन्दा पहिला नतिजा ?
२१ मंसिर २०७४


काठमाडौं    पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना सुरु भएसँगै कुन जिल्लाको परिणाम पहिला सार्वजनिक होला भन्ने चासो बढेको छ । सवैभन्दा कम मतदाता रहेको मनाङ र मुस्ताङको परिणाम सवैभन्दा पहिला आउने सम्भावना रहेको छ । मनाङमा ५ हजार र मुस्ताङमा ६ हजारको हाराहारीमा मत खसेका थिए । 

यसैवीच मुस्ताङमा चार समूह बनाएर मत गणना भैरहेको प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको दुई दुई स्थान तोकेर मतगणना चलिरहेको छ ।

दुबैसभाको गणना सकिएपछि समानुपातिकको गणना हुने अधिकृत त्रिपाठीले बताए । एउटामात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका ५ जना गरी ८ जना उम्मेदवार उठेका थिए ।
मुस्ताङमा ९ हजार ४ सय २७ मतदातामध्ये ६ हजा

Source