Follow us: Youtube Android App
Somersby Nepal
एमालेले भन्यो– सरकारको अनिच्छाबीच मतदान सम्पन्न
२१ मंसिर २०७४


काठमाडौं । नेकपा एमालेले सरकारको अनिच्छाबीच मतदान कार्य सम्पन्न भएको जनाएको छ  नेकपा एमालेका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा सरकारको अस्तव्यस्त कार्यशैली र अनिच्छाबीच मतदान सम्पन्न भएको उल्लेख गरिएको छ ।

“सुनसरी, सर्लाही, भक्तपुरलगायतका जिल्लामा निर्वाचन प्रक्रियालाई अवरोध गर्ने केही घटना भए,” उनले विज्ञप्तिमा भनेका छन्, “स्याङ्जा र डोटीका केही स्थानमा मतदान केन्द्र नियन्त्रणमा लिने दुःखद् घटनासमेत भयो भने अर्घाखाँचीको एउटा मतदान केन्द्रको मतदान प्रक्रिया रद्द हुने घटना समेत भएको छ ।

दैलेखमा गम्भीर घाइते हुने गरी कृष्णराज बुढा र उत्तमकुमार शाहीमाथि आक्रमण गरिएको छ भने प्रमको गृहजिल्ला डडेल्धुरामा एमाले कार्यकर्तामाथि झुट्टा मुद्दा लगाउने र हतोत्साहित गर्ने कार्य भएको छ । मतदान कार्य सम्पन्न भएलगत्तै हाम्रो पार्टीका कार्यकर्तामाथि सत्ताधारी दलका कार्यकर्ताद्वारा दाङलगायतका विभिन्न जिल्लामा भएका आक्रमणका घटनाप्रति ..............

Source