Follow us: Youtube Android App
Somersby Nepal
लालपूर्जा दिलाउने सहमति भएपछि बल्ल मुसहरले गरे मतदान
२१ मंसिर २०७४


सर्लाही   सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जका मुसहर समुदायले स्थानीय जनप्रतिनिधि र दलका नेताले जग्गाधनी लालपूर्जा उपलब्ध गराउन पहल गर्ने लिखित प्रतिवद्धता जनाएपछि बल्ल मतदान गरेका छन्।

कुनै पनि राजनीतिक दलले मुसहर समुदायलाई प्रतिनिधि र प्रदेश सभा सदस्य टिकट नदिएको भन्दै मोरङदेखि नवलपरासीसम्मका मुसहर समुदायले बिहीबार दोस्रो चरणमा भएको मतदानमा मत नखसाल्ने निर्णय गरेका थिए। 

सोही निर्णय अनुसार सर्लाहीको बबरगञ्जमा बसोबास गरिरहेका मुसहरहरुले गाउँमा कालो झण्डा गाडेर दिनभर मतदान बहिष्कार गरे। मुसहर समुदायबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन केन्द्रीय नेताको पटक–पटक ध्यानाकर्षण गरायौँ, तर ध्यान दिएनन्', मुसहर समुदायका अगुवा पचुलाल माझीले भन्नुभयोे,‘यही भएर दिनभर मतदान बहिष्कार गरेका थियौँ। तर स्थानीय जनप्रतिनिधl 

Source