Follow us: Youtube Android App
Somersby Nepal
विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए (फोटो फिचर)
२८ पुष २०७४


काठमाडौं । धुलोको कारणले बाँच्नै सकस भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन्।

 

नेपाल विद्यार्थी संघको नेतृत्वमा धुलोको कमी गर्न पहल गरियोस् भन्दै महानगरका मेयर विद्या सुन्दर शाक्यको ध्यानाआर्कषण गराउन विद्यार्थीहरुले महानगरको गेटमा धर्ना दिएका हुन्। शाक्यलाई भेट्न नपाएपछि विद्यार्थी नेताहरुले प्रवेशद्धारमै प्ले कार्डसहित धर्ना दिएका थिए।

 

 

‘हामीले विभिन्न ठाउँबाट हावामा उडेको धुलो संकलन गरेर मेयर शाक्यलाई बुझाउन आएका हौं,’ नेपाल विद्यार्थी संघका काठमाडौं जिल्लाध्यक्ष मनोज बैद्यले भने, ‘तर, मेयर शाक्यलाई भेट्न पाएनौं ।’ सयौं विद्यार्थी सहित आएको टोलीले उपमेयर हरिप्रभा खड्गीलाई संकलन गरेर ल्याएको धुलो बुझाएको छ।

 

 

‘महानगरवासीको करबाट चल्ने महानगरले नागरिकलाई परेको सास्ती हेर्ने दायित्व पुरा गरेको छैन्,’ विद्यार्थी नेता बलराम ढकालले भने, ‘सोही विरुद्ध हामीले अभियान चालेका हौं ।’ उनका अनुसार महानगरले धुलो नियन्त्रणमा पहल नगरे विद्यार्थीहरु नै धुलोरहित काठमाडौं बनाउन लाग्ने दाबी गरेका छन्......

Source