Follow us: Youtube Android App
Somersby Nepal
चिसोका कारण बाजुरामा एकै गाउँका ५ को मृत्यु
२८ पुष २०७४


चिसो बढेसंगै फैलिएको रुघा र ज्वरोका कारण बाजुराको जगन्नाथ गाउँपालिकाको हुनी गाउँमा ५ जनाको मृत्यु भएको छ । जगन्नाथ २ हुनीकि ६० वर्षीया थुपा नाथ, ५५ वर्षीय कर्ण शाही, ७२ वर्षीय मन बिष्ट, ३६ वर्षीया सुपारी बिष्ट र ६७ वर्षीया बना बिष्टको मृत्यु भएको वडाध्यक्ष कर्णबहादुर बिष्टले बताउनुभयो ।

 

चिसो बढेपछि दुई सातायता घरैपिच्छे रुघा र ज्वरोबाट बिरामी परेका गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख रामदत्त न्यौपानेले बताउनुभयो । भाइरल भएको अनुमान गरिएपनि कारण भने यकिन भई नसकेको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनुभयो ।

 

 

उहाँले भाईरल फैलिएको भन्ने अनुमान भएपनि पुष्टि नभएको उल्लेख गर्नुभयो ।रुघा र ज्वरोका कारण बालबालिका र बृद्धृबृद्धा बढी प्रभावित भएको वडाध्यक्ष बिष्टले बताउनुभयो .......

 

 

Source