Follow us: Youtube Android App
Somersby Nepal
राष्ट्रियसभाको चुनावः सात प्रदेशमा कुन पार्टीको मत कति ?
२८ पुष २०७४


काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मिति र निर्वाचन केन्द्रसमेत तोकिएपछि अब दलहरुले आ-आफ्नो मत संख्या जोड्न थालेका छन् । राष्ट्रियसभा निर्वाचन प्रदेशगतरुपमा हुने भएकाले ५६ जनाको चुनाव भए पनि प्रत्येक प्रदेशका मतदाताले आफ्नो प्रदेशका उम्मेदवारलाई मात्र मत दिन पाउनेछन् ।

प्रत्येक प्रदेशका तीन महिला र तीन खुला सदस्यको निर्वाचन एकल संक्रमणीय प्रणाली अनुसार भए पनि दलित र अपांग/अल्पसंख्यकको निर्वाचन भने बहुमतीय प्रणालीबाटै हुनेछ ।

 

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभामा निर्वाचित तथा समानुपातिक सांसदहरुले मतदान गर्नेछन् । स्थानीय तहका निर्वाचित प्रमुख उपप्रमुख र प्रदेश सांसदहरुको संख्या अनुसार २ नम्बर प्रदेश बाहेक अन्य सबै प्रदेशमा बामपन्थी गठबन्धन बहुमत छ ।

प्रदेश नम्बर १,३, र ६ मा एमालेको एकल बहुमत देखिएको छ । प्रदेश २ मा भने संघीय समाजवादी फोरम र राजपा मिल्दा उनीहरुको बहुमत हुने देखिन्छ ।

Source