Follow us: Youtube Android App
Somersby Nepal
भ्रष्टाचार नियन्त्रणमै भ्रष्टाचार छ : देवेन्द्रराज पाण्डेको अन्तर्वार्ता
२९ पुष २०७४


पञ्चायतकालका अर्थसचिव डा. देवेन्द्रराज पाण्डे कालान्तरमा पञ्चायतकै विरोधमा ओर्लिए। जनआन्दोलन २०४६ लाई नागरिक अगुवाइ गरे। जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बने। २०६२/६३ को जनआन्दोलन, माओवादी विद्रोहको शान्तिपूर्ण रूपान्तरणमा उनको पनि सक्रिय भूमिका रह्यो। यसअघि नेपालको लोकतान्त्रिक संक्रमण, भ्रष्टाचार, विदेशी सहायता, नागरिक आन्दोलन आदि विषयमा आधा दर्जनभन्दा बढी नेपाली/अंग्रेजी पुस्तक लेखेका पाण्डेले एक दशकको प्रयत्नपछि ‘द आइडिया अफ इन्टेग्रिटी एन्ड द युनिभर्स अफ करप्सन् एन्ड एन्टिकरप्सन्’ पुस्तक सार्वजनिक गरेका छन्। उनीसँग यसै पुस्तकमा आधारित रहेर बसन्त बस्नेतले गरेको कुराकानी :

‘आइडिया अफ इन्टेग्रिटी’ कस्तो किताब हो ?

भ्रष्टाचार भन्ने जुन शब्द हामीकहाँ चल्तीमा छ, यसलाई अलि व्यापक आयाममा हेर्नुपर्छ भन्ने मेरो आग्रह हो। भ्रष्टाचार ऐन, नियम वा दैनिक आचरणको कुरा मात्रै होइन, मानव जातिले यो समाजलाई कसरी हेरेको छ, कुनै पेसामा छ भने उसले आफ्नो पेसालाई कसरी हेरेको छ, राजनीतिक तहबाट राजकीय तहमा काम गर्दा आफ्नो दायित्वलाई कसरी हेरेको छ, यी सबलाई नहेरी भ्रष्टाचार बुझिँदैन। हामीकहाँ सत्यनिष्ठाको शपथग्रहण केवल शब्दावलीको विषय बन्ने गरेको छ, व्यवहारमा अनुकरणको होइन। यी सबै कुरा बुझाउनका लागि मैले ‘इन्टेग्रिटी’ शब्द प्रयोग गरेँ। यसलाई नेपालीमा ठ्याक्कै के भन्ने, थाहा छैन...

Source