Follow us: Youtube Android App
Somersby Nepal
देशभरका नर्स आन्दोलनमा, आज पनि १ घण्टा काम छाडे
२९ पुष २०७४


काठमाडौं l विभिन्न ११ बुँदे माग लिएर आन्दोलनरत नर्सहरुले आज पनि १ घण्टा काम छाडेका छन्। उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालबाहिर निस्किएर काम छाडेका हुन्।

काठमाडौं उपात्यकासहित उपत्यका बाहिरका साना ठूला अस्पतालका नर्सहरुले आन्दोलनमा एक्वेवद्धता जनाउँदै सेवा नदिएका हुन्। नर्स दुर्गा सापकोटाका अनुसार आन्दोलनमा एक्वेवद्धता जनाउनेहरुको संख्या बढ्दै गइरहेको छ।


नेपाल नर्सिङ संघको घोषित आन्दोलन अनुसार उनीहरुले बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका थिए भने हिजोदेखि एक घण्टा काम गर्न छाडेका हुन्। उनीहरुले ३० गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा एक घन्टासम्म ड्युटी छाड्ने निर्णय गरेका छन्...

Source