Follow us: Youtube Android App
Somersby Nepal
​परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै, प्रधानमन्त्रीको चीन भ्रमणको तयारी प्राथमिकतामा
३ बैशाख २०७५


परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ६ दिने भ्रमणका लागि सोमबार चीन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीलगायत विषयमा छलफलका लागि उहाँ चीन प्रस्थान गर्न लाग्नुभएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ हीको निमन्त्रणामा चीन जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले बेइजिङमा रहँदा चीनका नेताहरु तथा चिनीया विदेशमन्त्री वाङसँग छलफल गर्नुहुनेछ । प्रधानमन्त्री भएपछि भारतबाट विदेश भ्रमणको शुरुवात गरेका प्रधानमन्त्री ओलीले वैशाखभित्रै चीनको भ्रमण गर्ने गृहकार्य गरिरहनुभएको छ ।

 

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा प्रधानमन्त्रीको चीन भ्रमणको तयारीकासाथै नेपाल र चीनबीच यसअघि भएका सम्झौता र विकास आयोजनामा साझेदारी गर्ने विषयमा पनि छलफल गर्ने तयारी छ ।

 

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा यसअघि गरेको चीन भ्रमणका क्रममा दुई देशबीच भएको पारवहन सम्झौता, बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना (बीआरआई)लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसका साथै प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा दुई देशबीच केके विषयमा सहमति र सम्झौता गर्न सकिन्छ भन्नेबारेमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले चीनमा छलफल गर्नुहुनेछ ।

 

पारवाहनलगायत नेपालसँग गरेका विभिन्न सम्झौतालाई कार्यान्वयन गर्न चीनले ध्यान नदिएको नेपालले गुनासो गर्ने गरेको छ भने बीआरआईमा नेपालले हस्ताक्षरको औपचारिकतामात्र पुरा गरेको चीनको गुनासो छ ।..

 

Source