Follow us: Youtube Android App
Somersby Nepal
इन्धन बोक्ने ट्यांकरभित्र १६० केजी गाँजा ! दुई जना समातिए
३ बैशाख २०७५


 इन्धन बोक्ने ट्यांकभित्र लुकाएर लागूऔषध गाँजा तस्करी हुने गरेको खुलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८७ नम्बरको ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेसँगै गाँजा तस्करीको यो शैली सार्वजनिक भएको हो ।

 

प्रहरीका अनुसार ७ वटा प्लाष्टिकको बोरामा प्याक गरेर गाँजा तस्करी गरिएको हो ।पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का २६ वर्षीय इमानसिंह स्याङ्बो छन् ।..

 

उनीहरुलाई काठमाडौंको चन्द्रगिरी–२, झ्याप्ले खोलास्थित सडक किनारबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख डिआईजी ठूले राईले बताए ।

Source