Follow us: Youtube Android App
Somersby Nepal
पेट्रोल र डिजेलको मूल्य १५ दिनमै फेरि बढ्यो
३ बैशाख २०७५


काठमाडौं l अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल र मट्टीतेल २/२ रुपैयाँ मूल्य बढाएको हो । पेट्रोल प्रतिलिटरमा एक सय छ र डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमको अब पाक्षिक नाफा २१ करोड रुपैयाँ रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

Source