Follow us: Youtube Android App
Somersby Nepal
पशुपति सामुदायिक वन फडानी बारे छानविन गर्न समिति गठन
२ जेठ २०७५


विराटनगर । जिल्ला वन कार्यालय मोरङले पशुपति सामुदायिक वनका पदाधिकारी र सेक्टर वन कार्यालयको मिलोमतोमा अनाधिकृत रुपमा सालका लकडी कटान गरिएको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

जंगल क्षेत्रबाट अनाधिकृत रुपमा रुख कटान गरी घाट गद्धीमा राखिएको करिब ५५ लाख मूल्य बराबरको सखुवाको काठको बिषयमा मंगलबार समाचार सार्बजनिक भएको थियो । त्यस लगतै जिल्ला वन कार्यालयले छानबिन टोली गठन गरेको हो ।

 

सेक्टर वन कायर्नलयका बेलबारीका प्रमुख सहायक वन अधिकृत शत्रुधन देवको संयोजनत्वमा छानविन समिति गठन गरी छानवीन टोलीले बुधबारदेखि आफनो काम सुरु गरेको छ ।

 

जिल्ला वन अधिकृत डा विनोद देवकोटाले छानविन टोलीले उक्त सामुदायक वनको घाटगद्वीमा राखिएको सम्पूर्ण लकडी, जंगलमा कटान सुरु गरिएको पनि लगत लिने काम गर्नेछ ....

Source