Follow us: Youtube Android App
Somersby Nepal
कामी रिता शेर्पाले २२ औं पटक सगमाथा आरोहरण गरेर राखे विश्व रेकर्ड
२ जेठ २०७५


काठमाडौं । नेपाली नागरिक कामी रिता शेर्पाले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड कायम राखेका छन् । बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उहाँले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेका आप्पा शेर्पाको विश्व किर्तिमानी तोडेका हुन् ।

कामीरिताले आरोहणमा जानु अघि आफूले आप्पाको किर्तिमान तोड्न नभई काम र बाध्यताले जान लागेको बताएका थिए । पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका छन् ।

 

उनलाई सामाजिक सञ्जालमा देश विदेशदेखि शुभकामनाको ओइरो आउन थालेको छ । कामिरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो । उनले पहिलो सफल आरोहण १९९४ मे १३ गर्नुभएको थियो ।

 

उनले चारवर्ष ‘रोप फिक्सिङ’–(क्याम्प २ देखि शिखरसम्म डोरी टाँग्ने) टोलीको नेतृत्व गरेका थिए । कामिरिताले एकै बर्ष दुईपटक सम्म पनि सगरमाथाको आरोहण गरेका थिए ।

Source