Follow us: Youtube Android App
Somersby Nepal
​मुख्यमन्त्रीसँग स्पष्टीकरण सोध्न माग
२ जेठ २०७५


काठमाडौं । संघीय संसदमा सत्तारुढ दलकै सांसदद्धारा प्रदेश नम्बर दुईका मुख्य मन्त्रीलाई स्पष्टीकरण सोध्नुपर्ने माग भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेका सांसदले प्रदेश नम्बर २ का मुख्य मन्त्रीलाई स्पष्टीकरण सोध्न सरकारको ध्यानाकर्षण गराएका हुन् । एमाले सांसद निरु पालले प्रदेश नम्बर २ का मुख्यमन्त्रीसँग स्पष्टीकरण सोध्न माग गर्नुभयो ।

भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानविरुद्ध संघर्ष गर्नुपरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

 

नेपालको झण्डा बिगार्ने, रंग, आकार थाहा नहुने कर्मचारीलाई मन्त्रीले स्पष्टीकरण सोधेको प्रसंग उल्लेख गर्दै सांसद पालले मुख्य मन्त्रीलाई नै स्पष्टीकरण सोध्न माग गर्नुभयो । उहाँले भन्नुभयो– ‘यस्ता मुख्य मन्त्रीलाई प्रशिक्षण दिने कि नदिने म सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ....

Source