Follow us: Youtube Android App
Somersby Nepal
वन्यजन्तुमैत्री बन्यो नारायणगढ–मुग्लिन सडक
२ जेठ २०७५


चितवन । विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ ।

आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो (अण्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सडकमा फेन्सिङ र वन्यजन्तुको अनुगमन पनि गरिरहेको छ ।

 

उनका अनुसार भरतपुर महानगरपालिका–१ आँपटारीमा दुई वटा र भतेरीमा दुई वटा अण्डरपास निर्माण गरिएको छ । जसबाट वन्यजन्तु वारपार गर्न सक्नेछन् । सडकमा वन्यजन्तु आउने र दुर्घटना हुने भएकाले अण्डरपास निर्माण गरिएको हो ।

 

ती अण्डरपासमा सिसी क्यामरा जडान गरी अनुगमन पनि गरिएको छ । सिसी क्यामरामा चितुवा, बँदेल, मृग, जंगली बिरालो लगायतका साना जनावर वारपार गरेको देखिएको भए पनि हात्ती, गैँंडाजस्ता ठूला जनावर वारपार गरेको भने भेटिएको छैन ....

Source