Follow us: Youtube Android App
Somersby Nepal
लुट फिल्मका निर्माता माधव वाग्ले नक्कली नाेट सहित पक्राउ
२ जेठ २०७५


काठमाडौँ  l बुहचर्चित नेपाली फिल्म लुटका निर्माता माधव वाग्ले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । वाग्लेलाई प्रहरीले दुई करोड ५२ लाख नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो ।


निर्माता वाग्ले यसअघि फस्र्ट लभ,लुट–२,रेसम फिलिलि जस्ता चलचित्र बनाएका थिए । चङ्गाचेट नामक फिल्मका लागि यतिका नक्कली रुपैयाँ छापिएको पक्राउ परेकाहरुले बताएका छन् ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार वाग्लेलाई काठमाडौं महानगरपालिका–१ चारढुङ्गा स्थित कोठबाट नक्कली नोट सहित नियन्त्रणमा लिएको हो । उनी प्रिनसेस मुभिज प्रालिका सञ्चालक समेत हुन् ...

Source