Follow us: Youtube Android App
Somersby Nepal
‘लुट’का निर्माता : छापाखानालाई पैसा छाप्ने आदेश दिन्थे, कर्मचारीमार्फत बजार पठाउँथे !
२ जेठ २०७५


काठमाडौं । ‘हाकु काले’को समूहले बैंक लुटेसँगै कहानी अन्त्य भएको फिल्म हो ‘लुट’ । नेपाली सिने जगतमा नयाँ ट्रेन्ड स्थापित गर्न सफल त्यहि लुटका निर्माता माधवराज वाग्लेसहित उनको समूह बुधबार २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेको छ ।

‘प्रिन्सेस मूभिज प्रा.लि.’ को ब्यानरमा लुट–२, छड्के र रेशम फिलिली जस्ता चर्चित फिल्म निर्माण गरेका वाग्लले काठमाडौंका केही छापाखानालाई ‘फिल्म निर्माणका लागि’ भन्दै एक हजार दरका नक्कली रुपैयाँ छाप्ने अर्डर दिने गरेको र उक्त नक्कली रुपैयाँ आफ्नै स्टाफमार्फत बजारमा सप्लाई गर्ने गरेको पाइएको छ ।

 

मंगलबार काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सुमधुर क्याफेमा वाग्लेको प्रिन्सेस मूभिजका कार्मचारी खाजा खान छिरेका थिए । खाजा बापत उनले तिरेको पैसा नक्कली भएको आशंकामा खाजा घरका सञ्चालक महानगरीय प्रहरी प्रभाग गोंगबु पुगेपछि फिल्म निर्माताको नक्कली नोट छाप्ने धन्दा बाहिरिएको हो...

Source