Follow us: Youtube Android App
Somersby Nepal
४५ जिल्लाको १२८ क्षेत्रमा आज मतदान
२१ मंसिर २०७४


प्रतिनिधि सभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा आज मतदान हुँदैछ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

राजधानी काठमाडौं सहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो। प्रतिनिधिसभा सदस्य तर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान कार्य हुँदैछ।

ती निर्वाचन क्षेत्रका लागि १५ हजार ३४४ मतदान मार्फत् विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिला सहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।