Follow us: Youtube Android App
Somersby Nepal
भारतबाट १८ अर्बको बिजुली खरिद
२ जेठ २०७५


काठमाडौं - स्वदेशमा उत्पादित बिजुलीले मुलुक उज्यालो बनाउन नपुगेपछि चालू आर्थिक बर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ ।

 

यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैयाँको बिजुली आयात भएको देखिन्छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

 

चालू आर्थिक बर्ष सकिन अझै दुई महिना बाँकी छ । दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नुपर्ने हुन्छ ।

 

यस अवधिमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजुली आयात हुने देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।