Follow us: Youtube Android App
Somersby Nepal
निरीह जनप्रतिनिधि
२ जेठ २०७५


दाङ - सल्यानस्थित शारदा नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र डाँगी लमही नगरपालिकामा सरुवा भएर आए ।

 

त्यसको केही समयपछि शारदाबाटै लेखा अधिकृत पनि लमहीमै सरुवा भए । शारदा नगरपालिकामा कर्मचारी अभाव हुन थाल्यो । आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

 

तर, शारदामा कर्मचारी कटौती शृंखला यतिमै रोकिएन । लमही नगरपालिकाका कार्यकारी अधिकृत डाँगीले शारदाका अन्य तीन करारका कर्मचारीसमेत आफूकहाँ ल्याए ।

 

एकजना अमिन, एकजना कम्प्युटर अधिकृत र एक जना चालकलाई शारदाबाटै लमही नगरपालिकामा तानियो ।

 

आ'फू गएपछि करारका कर्मचारी सबै तानियो' शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले भने 'सक्षम कर्मचारीलाई एकैसाथ सरुवा गरिँदा काम गर्न झनै समस्या भयो ।'..