Follow us: Youtube Android App
Somersby Nepal
सिंहदरबारको अधिकार पुगेन गाउँमा
२ जेठ २०७५


काठमाडौं - स्थानीय सरकार गठन भएको झन्डै एक बर्ष पुगेको छ । दुइृ दशकसम्म जनप्रतिनिधिविहिन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए ।

तर, गत बर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ । आजको नागरिकले पहिलो पृष्ठमा स्थानीय सरकारको एक बर्ष शिर्षकमा मुख्य समाचार छापेको छ ।

 

लामो समयपछि स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाउँदा उनीहरुमा गाउँठाउँको विकास तीव्र गतिले हुने गहिरो विश्वास थियो । तर, ती पादाधिकारीको बर्ष दिनको कर्यशैली अहिले नागरिकका लागि अरुचिकर बनेको छ ।