Follow us: Youtube Android App
Somersby Nepal
यस्तो बन्दैछ नयाँ पाठ्याक्रम
२ जेठ २०७५


पाठ्यक्रम विकास केन्द्रले नयाँ संरचनाअनुसार परिमार्जन गरिएको विद्यालय शिक्षाको पाठ्याक्रम मस्यौदा सार्वजनिक गरेको छ ।

कक्षा १ देखि १२ को पाठ्यक्रमको मस्यौदा छलफल र रायसुझाव संकलनको लागि सोमबार सार्वजनिक गरिएको हो ।

 

विषय क्षेत्रगत विज्ञको संलग्नतामा समयानुकुल विद्यालय तहको पाठ्यक्रम निर्माण गरेका हौँ, केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने, मस्यौदालाई अन्तिम रुप दिन रायसुझाव संकलनका लागि सार्वजनिक गरिएको हो ।

 

केन्द्रका अनुसार जेठ ३ सम्म रायसुझाव संकलन गरेर राष्ट्रिय पाठ्यक्रमको प्रारुपलाई अन्तिम रुप दिईनेछ ।,आजको कान्तिपुरमा यो खबर छ ।